• २०८२ साउन २ गते बिहिवार

ललितपुरको पैदलयात्रामा अध्यक्ष ओली सहभागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २९, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुर–३ भैसेपाटीमा नागरिक समाजले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा सहभागी भएका छन् । चर्चित सञ्चारकर्मी भूषण दाहाल र सुरजसिंह ठकुरी लगायत युवाले आयोजना गरेको पदयात्रामा अध्यक्ष ओली सहभागी भएका हुन् ।

ललितपुर क्षेत्र नं ३ मा एमाले प्रतिनिधि सभाका उम्मेदवार अमृत खड्का र प्रदेश ३ (२) प्रेमभक्त महर्जन र प्रेमभक्त महर्जन सहित नागरिक समाज र बुद्धिजीवीको पनि पदयात्रामा सहभागिता रहेको थियो । पैदलयात्रापछि ओली निर्वाचन सम्पर्क कार्यालय पुगेका थिए ।

अध्यक्ष ओलीले सो क्षेत्र प्रदेश तथा प्रतिनिधि सभाका उम्मेदवारलाई विजयको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस