• २०८३ बैशाख ८ गते मङ्गलवार

कांग्रेसका नेता भीमसेनदास प्रधानका भाइ राजेन्द्र प्रधान एमालेमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानका भाइ राजेन्द्र प्रधान एमालेमा प्रवेश गरेका छन् । बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित कार्यक्रमबीच उनीसहितको समूह एमालेमा प्रवेश गरेको हो ।

उनीहरूलाई अध्यक्ष केपी ओलीलगायतका नेताहरूले पार्टीमा स्वागत गरे । प्रधानले भने आफू एमालेमा प्रवेश नभई पुनरागमन भएको बताए । २०५० सालमै आफू एमालेको विदेश विभाग सदस्य रहेको र त्यसबेला झलनाथ खनालले विनाकारण अपमान गरेका कारण पार्टीमा नरहेको बताए । नातामा भीमसेनदास प्रधानको भाइ भए पनि कम्युनिष्ट आन्दोलनमा आफू पूरानो रहेको बताए ।

सोही कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा चितवन जिल्ला सहइन्चार्ज यमबहादुर परियार (इन्द्रजीत) लगायतको टोली पनि एमाले प्रवेश गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस