• २०८३ बैशाख २२ गते मङ्गलवार

तारकेश्वर वडा नं. ४ मा एमालेको प्यानल नै विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नरेन्द्रदास श्रेष्ठको प्यानल नै विजयी भएको हो ।

तारकेश्वर ४ को अध्यक्षका उम्मेदवार नरेन्द्रदास श्रेष्ठले ७८५ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ६५० मत ल्याएका छन । विजयी हुने महिला सदस्य बिन्दु थापाले ७५५, दलित महिला सदस्य आसिया बि.क ले ७६६, खुल्ला सदस्य श्रीकृष्ण मर्हजनले ७०८ र अर्जुन घिमिरेले ७०२ मत ल्याएका छन् ।

मेयरमा तारकेश्वर ४ मा सूर्यले ७०५ मत प्राप्त गर्दा रूखले ६९४ मतमात्र प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ६४७ मत प्राप्त गर्दा रुखले ६२४ मत प्राप्त गरेको छ । तारकेश्वर ४ मा १९७६ मत खसेको भएपनि ४७ मत मात्र बदर भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस