जेठ १, काठमाडौं । काठमाडौंको तारकेश्वरमा एमालेले विजयको खाता खोलेको छ । तारकेश्वर नगरपालिका १ मा एमालेको प्यानलै विजयी भएको हो ।

तारकेश्वर १ को अध्यक्षका उम्मेदवार विदुर सापकोटालेले ८५८ मत ल्याएर विजयी भएका हुन् । विजयी हुने महिला सदस्य लक्ष्मी श्रेष्ठले ८८७, दलित महिला सदस्य सम्झना मिजारले ८४६, खुल्ला सदस्य विमल तामाङले ८०५ र अच्युतराज कुँबरले ९३२ मत ल्याएका छन् ।
एउटा वडाको मतगणना सकिंदा तारकेश्वरको मेयरमा एमालेका रामेश्वर बोहराले आठ सय २३, काग्रेसका कृष्णहरी मर्हजनले आठ सय १७ र गठबन्धनबाट नेकपा एसका लब बस्नेतले ७९ मत प्राप्त गरेका छन् ।