• २०८३ असार १५ गते सोमवार

नेकपा एमाले काठमाडौंद्वारा पालिका प्रमुख र उपप्रमुख पदका आकांक्षीहरुका वीच अनौपचारिक छलफल शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २, काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी, काठमान्डौले महानगरपालिका सहित ११ पालिका प्रमुख र उपप्रमुख पदका आकांक्षीहरुका वीच अनौपचारिक छलफल शुरु गरेको छ। नेकपा (एमाले) जिल्ला कमिटी, काठमान्डौको सभाहलमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौ जिल्ला इज्जार्च कृष्ण गोपाल श्रेष्ठ, सह इज्चार्जहरु कृष्ण राई, बिद्यासुन्दर शाक्य, नारायण सिलवाल, सरिता न्यौपाने सहितको उपस्थितीमा अनौपचारिक बैठक बसेको हो ।

बैठकमा ११ वटै पालिकाका प्रमुख उप प्रमुखका दाबेदारहरुको उपस्थिती रहेको छ ।  जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाका अनुसार सकेसम्म सर्वसम्मतिबाटै उमेद्द्वार चयन गर्ने र सहमती नजुटेको अवस्थामा पार्टी केन्द्रको सर्कुलर अनुसार कम्तिमा एकजना महिला सहित तीन जनाको नाम उपल्लो कमिटीमा सिफारिश गरिनेछ ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस