चैत्र १, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को सचिवालय बैठक मंगलबार दिउँसो ३ बजे बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनलगायत पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

केन्द्रीय कमिटी, स्थायी र पोलिट्ब्यूरो बैठक पनि छिट्टै बस्न लागिएको र यी बैठकहरुको तयारी एवम् एजेण्डा विषयमा छलफलका हुने उहाँले बताउनुभयो । एमाले सचिवालयमा १९ जना केन्द्रीय पदाधिकारी छन् । एमाले केन्द्रीय कार्य समितिको बैठक चैत ९ र १० गते बस्दैछ ।