• २०८३ मङ्सिर १५ गते सोमवार

एमालेको रुकुम पूर्व अध्यक्षमा वली चयन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, रुकुम(पूर्व)। नेकपा (एमाले)को रुकुम(पूर्व)को अध्यक्षमा टोपबहादुर वली चयन भएका छन् । आठौं जिल्ला अधिवेशनले अध्यक्षमा ओली, उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उपसचिवमा भावना विसी र तेजेन्द्र बुढा रहनेगरि ९५ सदस्यीय नयाँ जिल्ला कार्ससमिति चयन गरेको हो ।

रुकुमकोटमा भएको अधिवेशनमा ६५ सदस्यीय जिल्ला कार्यसमति चयन गर्नुपर्ने भए पनि आकांक्षीहरू धेरै भएपछि ९५ जनाको जिल्ला कार्यसमिति बनाइएको नेकपा एमाले रुकुम(पूर्व)ले जनाएको छ । फागुन २७ गते उद्धघाटन भएको एमालेको आठौं अधिवेशनले चार दिनपछि सोमबारमात्र नयाँ कार्यसमिति टुङ्ग्याएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस