• २०८३ असार ७ गते आइतवार

बेन्जेमा र भिनिसिअसको गोलमा रियलको जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं । करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलकाे सहयाेगमा रियल मड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० अन्तरले पराजित गरेको छ । जितसंगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । जितसंगै रियलले २८ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको समान खेलबाट ५६ अंक छ । पराजित मालोर्का २६ अंक सहित १६ औं स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस