• २०८३ बैशाख ११ गते शुक्रवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौँ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज बिहान देशका धेरै स्थानका मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । प्रदेश–१ लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश–१ मा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताएको छ । प्रदेश–१ का एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहका क्षेत्रमा भू–क्षय र पहिरोको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस