• २०८३ बैशाख ११ गते शुक्रवार

दिनहुँ बढ्दै कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार ८४४ जनामा गरिएको परीक्षणमध्ये आज २६० जनामा सङ्क्रमण देखिएको हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ११७१ जना रहेका छन् । विगत २४ घण्टामा ४८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ८५८ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस