फागुन ३०, नवलपरासी पूर्व । प्रहरीले आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ । प्रहरीले आफ्नै श्रीमान ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा बुलिङटार गाउँपालिका(५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।