फागुन ३०, काठमाडौं । गीतकार डा. सदानन्द कडेलले संगीतकार प्रमोद पन्तको संगीत तथा सन्दिप परियार र मेनुका परियारको स्वरमा रहेको “रस छ फूलैमा” बोलको गीत सार्वजनिक गरेका छन् । रिदम कंडेलको एरेन्ज र अशोक महर्जनको मिक्सिङ रहेको गीतलाई कुमार केसिले रेकर्ड गरेका हुन् ।

युवायुवती बीचको प्रेम प्रसंगलाई देखाइएको गीतमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ । गीतको भिडियो पीपीएम क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोलाई सन्तोष तिमल्सिना र विपीन चौलागाइँले खिचेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् ।