फागुन २, काठमाडौं । नेकपा एमालेका सांसदहरुलाई हस्ताक्षर गराइएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले सांसदहरुको हस्ताक्षर संकलन गरिएको बताए । संसदीय दलको बैठकपछि भट्टराइले भने, ‘हामीले सांसदहरुको हस्ताक्षर गराएर राखेका छौं ।

आवश्यक परेका ठाउँमा उच्चस्तरीय नेतृत्वसँग कुरा गरेर अगाडि बढाउनुपर्ने हुन्छ । न्यायाधीशहरुलाई महाभियोग लगाउनेरनलगाउने निर्णय उच्चस्तरीय नेतृत्वले गर्नुहुन्छ । तत्काल केही निर्णय भएको छैन ।’
सोमबार बानेश्वरमा बसेको बैठकमा सांसदहरु भीम रावल, घनश्याम भुसाल, महेश बस्नेत, गोकुल बांस्कोटा, झपट रावलले संसदमा दर्ता भएको महाभियोग प्रस्ताव र एमसीसीबारे बोलेका थिए ।