फागुन २,काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेपछि ‘गठबन्धन’लाई ‘ठगबन्धन’काे संज्ञा दिनुभएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उक्त कुरा बताउनु भएको हो ।
हेर्नुस रिमालको स्टाटस “गठबन्धन” भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ।ढुंगा सर्वोच्चमा बज्रिएको छ।भनिन्छ नि-फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी?
