• २०८३ बैशाख २५ गते शुक्रवार

आजकाे माैसम  : बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको आकलन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, काठमाडौं । आज बिहान बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ।दिउँसो प्रदेश १ र बाग्मतीका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भु(भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ । बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । शुक्रबार लुम्बिनी र कर्णाली तथा तराईका थोरै स्थानमा वर्षाको प्रक्षेपण गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस