• २०८३ बैशाख २८ गते सोमवार

इमरान खान सरकारविरुद्ध विपक्षीहरूले अविश्वासको प्रस्ताव ल्याउने

बीबीसी हिन्दीबाट पढ्न लाग्ने समय : २ मिनेट

फागुन १ एजेन्सी। पाकिस्तानका विपक्षी दलहरूले संसद्मा इमरान खान सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेका छन् ।अखबार दुनियाँकाअनुसार विपक्षी दलहरूको समूह पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट ९पीडीएम०ले शुक्रबार यस्तो घोषणा गरेको हो ।

पीडीएमका प्रमुख मौलाना फजलुर्रहमानले विपक्षी दल मुस्लिम लिग नवाज गुटका संसदीय दलका नेता शहबाज शरीफको घरमा बैठक बसेको बताए । उनले यो बैठक आकस्मिक रूपमा बोलाइएको भन्दै धेरै दलका नेताहरू भिडियो लिङ्कबाट बैठकमा सहभागी भएको जानकारी दिए ।पत्रकारसँग कुरा गर्दै मौलानाले अविश्वासको प्रस्ताव ल्याउनुअघि प्रतिपक्षले पर्याप्त संख्या जुटाउने बताए । उनले सरकारमा संलग्न साना दलसँग पनि कुरा गर्ने बताए ।यस अवसरमा शहबाज शरीफले जनताको चाहनाअनुसार इमरान सरकारलाई जतिसक्दो चाँडो घर पठाउने तयारी गरिरहेको बताए ।
मौलाना फजलुर्रहमानले सरकारमा संलग्न साझेदारहरूलाई इमरान सरकार अब डुब्ने डुंगा भएको बताउँदै त्यसबाट ओर्लिएर जनताको हितमा प्रतिपक्षलाई साथ दिनुपर्ने बताए । यस सम्बन्धमा मौलानाले शनिबार इमरान सरकारमा संलग्न मुस्लिम लिग ९काफ०का नेताहरूलाई भेटेर मद्दतका लागि अपिल गरेका थिए ।पाकिस्तान पिपल्स पार्टीका प्रमुख बिलावल भुट्टोले सरकार विरुद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने निर्णय लोकतन्त्रको जित भएको बताएका छन् ।

अखबार एक्सप्रेसकाअनुसार पत्रकारहरूसँग कुरा गर्दै बिलावल भुट्टोले भने, “प्रधानमन्त्रीको विश्वास गुमाउनु भएको छ । अब सदनको विश्वास गुमाउने समय आएको छ । पीडीएममा मतभेदको आफ्नो ठाउँ छ तर इमरान खानको बहिर्गमनका लागि सबै सहमत छन् ।”अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको निर्णयप्रति प्रतिक्रिया दिँदै इमरान सरकारले विपक्षी दलहरू आफ्नो अस्तित्वका लागि लडिरहेको बताएको छ ।अखबार एक्सप्रेसकाअनुसार केन्द्रीय सूचना एवं प्रसारण मन्त्री फवाद चौधरीले भोलि नै अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । फवाद चौधरीले मौलाना फजलुर्रहमान पहिलो दिनदेखि नै सरकारलाई घर पठाउने प्रयासमा रहेको उल्लेख गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ पीटीआई सँगसँगै स्वयम् विपक्षी दलले पनि उनीहरूलाई आश्चार्यचकित पार्ने उनको भनाइ छ ।

केन्द्रीय गृहमन्त्री शेख रसिदले भने विपक्षीले अविश्वासको प्रस्ताव पनि नल्याउने र मार्च २३ देखि गर्ने भनिएको ‘लङ मार्च’ पनि नगर्ने दाबी गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस