वि.सं. २०७८ फाल्गुन ०१ गते आइतवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी १३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लाथ्व), नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:५२ बजे, माघ शुक्लपक्षको द्वादशी तिथि, साँझ ०६:२७ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, आर्द्रा नक्षत्र, बिहान ०९:३४ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा, मध्यरात्रीपछि ०५:२२ बजेसम्म, त्यसपछि कर्कट राशिमा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक सम्बन्धमा विस्तार हुनेछ र प्रतिष्ठामा पनि अभिबृद्धि हुनेछ । दाजुभाइ र दिदीबहिनीसँगको सम्बन्धमा सुधार आउने छ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउन सक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासको सुअवसर मिल्नेछ, आजको मिहिनेतले प्रतिस्पर्द्धाको दौडमा अग्रणी हुन सकिने छ । धनप्राप्तिको राम्रो योग छ, अनि नयाँ उद्यम र परियोजनामा रकम लगानी हुनसक्ने समय पनि हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहने छ । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउन सकिन्छ र विशेष अवसर प्राप्त हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाति हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । शीघ्र धनार्जन गर्ने उपाय अवलम्बन गर्दा विचार पुर्याउनु राम्रो हुन्छ । प्रत्यक्ष अनुभूतिमा आधारित कुरामा मात्र विश्वास गर्नुपर्ने दिन हो । नयाँ कामको थालनी गर्न अनुकूल समय रहने छ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्नुहोला, कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आर्थिक पाटो बलियो छैन । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनुपर्ने हुन्छ । महत्त्वाकाङ्क्षाको भावना पलाउन सक्छ । कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । जालीझेली र फटाहाहरूसँग सङ्गत हुनसक्छ, जुनसुकै काममा सावधान र सचेत रहनु पर्छ, धनको मामिलामा कसैले फँसाउने चेष्टासमेत गर्न सक्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
तामेलीमा परेका कामको सम्पादन गरिने र नयाँ काम सुरु गर्ने समय छ । बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्द्धीहरू आफैं तर्किएर हिँड्नेछन् । विशिष्ट व्यक्तिको सामीप्य पाउन सकिने छ, रोकिएको काम बन्ने तथा जिम्मेवारीसमेत बढ्ने दिन हो । आयको मार्ग सबल बन्नाले थप हौसला प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
केही समय आफ्नो व्यक्तिगत प्रयोजनमा छुट्याउनुपर्ने हुन्छ, तर कार्यक्षेत्रमा व्यस्त रहँदा आन्तरिक सम्बन्धमा फाटो बढ्नसक्छ, होस राख्नुपर्छ । प्रतीक्षित इच्छा र आकाङ्क्षाको परिपूर्ति हुने समय छ । कर्मक्षेत्रमा गरिएको मिहिनेत र लगनशीलताका कारण विभिन्न अवसरले पछ्याउने तथा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । पैसाको मामिलामा कुनै किसिमको समझौता गर्नु हुँदैन, ऋण काढ्ने नै परिस्थिति छ भने धैर्य भई पुनर्विचार गर्नुहोस्, किनकि अब समय बित्दै जाँदा दैनिकीमा सुधार आउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मुड घरिघरि अशान्त बन्नसक्छ, योग र मेडिटेशनप्रति आकर्षित हुनु राम्रो हुन्छ, किनभने आज मिहिनेत गरेमा हरेक क्रियाकलापमा सफल बन्न सकिने दिन छ । विश्वासको वातावरण बन्नाले राम्रो उपलब्धि हासिल हुने समय छ, जे गरे पनि तपाईंको चिन्तन र सोचको प्रशंसा हुनेछ । लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने सहयोगी र जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विश्वस्त व्यक्ति वा आफन्तले नै विश्वासघात गर्ने दिन हो, अझ भ्रमका पछि कुद्ने हुँदा तनाव र झञ्झट बढ्नसक्ने अनि बलजफ्ती गर्नेहुँदा चोटपटक नै लाग्नसक्ने दिन हो । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । साथ दिने कोही पनि देखिंदैनन् । काम गर्दा निकै धपेडी बेहोर्नुपर्ने हुन्छ, तर आफ्नो स्वास्थ्य र आरामका लागि पनि केही समय छुट्याएको जाति हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापारिक दृष्टिकोणले राम्रो समय छ । गरेको मिहिनेतले सार्थक परिणाम प्रदान गर्नेछ । प्रभाव र प्रभुत्व बढ्ने समय छ, तर रिस, आवेग र शीघ्रतामाथि बन्देज लगाउनु बेस हुन्छ । सबै कार्य सोचेअनुरूप नै सम्पन्न हुने दिन हो । मन आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित हुनसक्छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । झगडालु र घमण्डी मनोवृत्तिको उदय हुनेछ, तर कुनै परीक्षा वा प्रतिस्पर्द्धाको तैयारी गर्दै हुनुहुन्छ भने खेलवाड र मनोरञ्जन त्याग्नुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कीर्ति र प्रतिष्ठामा बढावा हुने दिन हो, तर तर्क, विचार र निर्णयका क्षेत्रमा दुविधा हुनसक्छ । प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नुपर्ने हुन्छ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन्, तर पनि आफ्नो साख राख्न सकिने दिन हो । आपसी समन्वय र भेटघाटको राम्रो दिन छ, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रतिस्पर्द्धा वा परीक्षामा सफल भइने छ, केही नयाँ कुरा सिक्नु छ, वा सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने दिन हो । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर पाउन सकिने छ । कुनै समस्या देखिएको छ भने पार्टनरसित भेट गरी कुरा राख्नसके समाधानको बाटो पहिल्याउन सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री, हातहतियार, निर्माणसामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । व्यस्त रहनुपर्ने वा दौडधूप गर्ने समय हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहने छ । बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो । कुनै नजानेको वा नसुल्झिएको विषयवस्तुमा आज सहपाठी र गुरुहरूको सहयोग लिएको राम्रो हुनेछ ।