पुस २९,अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार टेनिस सुपरस्टार नोभाक जोकोभिचको भिसा रद्द गर्ने बारे सरकारले निर्णय गर्न बाँकी रहेको बताउँनु भएको छ।

मोरिसनले कोभिड १९ महामारीको बारेमा पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गर्नुभएको हो ।