• २०८२ असार २४ गते मङ्गलवार

राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ : प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन् ।

प्रेस सेन्टर नेपालद्वारा ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए। उनले भने, “माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।”

माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उनले यसको रक्षा गर्ने दायित्व हामी सबैको भएको बताए । “सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,” उनले भने, “६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ सरकार त्यही बन्छ ।” यो निर्वाचन अपेक्षित नभएको बताएका उनले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको बताए ।

प्रतिक्रिया दिनुहोस