• २०८३ बैशाख १३ गते आइतवार

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८, काठमाडौं । गुल्मी, बर्दिया र नवलपरासी (पूर्व)मा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङ बस्ने ६७ वर्षीय कृति कुमार श्रेष्ठ सोही ठाउँस्थित बाह्रबिसे खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तिबजार बस्ने मिलन थारुकी डेढ वर्षकी कृष्टिना थारू राजापुर नगरपालिका–१ गोठारपुरस्थित झबही कुलोमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

घरमा खेलिरहेको अवस्थामा हराएकी उनको खोजी गर्ने क्रममा उक्त कुलोमा शव फेला परको हो ।

नवलपरासी(पूर्व)को गैँडाकोट नगरपालिका–१३ हर्कपुर चोकस्थित सडकमा  हाल पहिचान नखुलेकी करिब ४२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस