• २०८३ बैशाख १२ गते शनिवार

सर्लाहीमा १४ केजी गाँजासहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, सर्लाही ।  सर्लाहीको मलंगवा नगरपालिका–८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तम कुमार यादवलाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ ।

उनको साथबाट १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले बुधबार राति शंका लागि उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस