चैत २९, भक्तपुर । वातावरणमत्री निर्माण सामाग्रीको प्रयोगमा एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले मंगलबार भक्तपुरमा नववर्ष २०७९ को अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष विश्वराम कवांले नयाँंवर्ष २०७९ वातावरणमैत्री निर्माण सामाग्रीको वर्ष होस् भनी कामना गरे । उनले निर्माण सामाग्रीमा हरित क्रान्ति होस् भनी कामना पनि गरे । प्राकृतिक विनाश गरेर उत्पादित निर्माण सामाग्री भन्दा प्रकृतिलाई संरक्षण गरी बनेका निर्माण सामाग्रीको प्रयोग गर्न उनले जोड दिए । प्रालिको कर्पाेरेट अफिस राधेराधे भक्तपुरमा नयाँंवर्ष २०७९ को अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष कवांले २०७९ साल वातावरणको संरक्षण गरी बनेका इको प्यानलको प्रयोगमय वर्ष होस् भनी कामना गरे ।
निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने मुल नाराका साथ प्रालिले गोर्खा इको प्यानलको उत्पादन गर्दै आएको छ । कार्यक्रममा प्रालिका निर्देशकद्धय कृष्णराम देउपाला, हरिराम बुयोले अहिलेको युग आधुनिक निर्माण सामाग्री प्रयोग गर्ने युग भएको बताए । गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां, महाप्रबन्धक जीवन खाइतूले गोर्खा इको प्यानल देशका ७० जिल्लामा पुगेको जानकारी गराए । गोर्खा इको प्यानल इन्टरनेशनल ग्रीन डेभलपर्स प्रालिद्धारा उत्पादित नयाँं निर्माण सामाग्री हो । यो स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो ।
भूकम्प प्रतिरोधी, हलुका, वातावरणमैत्री भएकाले यसको लोकप्रियता देशभरि नै छ ।