• २०८३ बैशाख १८ गते शुक्रवार

प्रकाश सपुतलाई माओ‌वादी विद्यार्थी नेताको धम्की

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २८, काठमाडौँ । माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको प्रकाश सपुतको पछिल्लो गीत “पीर” को भिडियोलाई लिएर माओवादी नेताहरुले विरोध जनाएका छन्। भिडियोका दृश्यका कारण माओवादी नेता-कार्यकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गरिरहेका छन ।


भिडियोलाई लिएर अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा संहले प्रकाश सपुतलाई उक्त गीत युट्युबबाट हटाउन धम्की दिएकी छन्। उनले जनयुद्ध लडेका महिलाहरुको अपमान गरेको भन्दै सार्वजनिक माफी माग्न समेत माग गरेकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन : महान जनयुद्धको कारण केही थान मन्त्रीहरु ,माननियहरु र टाठा बाठाहरुकाे जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताकाे ब्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पुर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताकाे ब्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।कतिपय प्रयत्न हरु सफल हुन सकेका छैनन् ।ब्यवस्थापनमा केही नभएको भन्ने पनि हाेेइन विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन तर ब्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएकाे भन्ने सन्देश दिने गरि प्रकाश सपूत जि ले युटुवमा अपलाेड गरिएको पिर नामक भिडियाे आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेकाे राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागीता सुनिश्चित भएकाे कुरा प्रकाश जि तपाईंलाई बुझाईरहन पर्ने हाे । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भाेगेकाे जातिय विभेद बिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयाे ।तिनै दिदिबहिनीहरु माथि अपमान हुने गरि बनाइएकाे तपाईंको पिर नामक भिडियाे सार्वजनिक माफि मागेर तत्काल युटुवबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।।

No description available.

प्रकाश सपुतकाे गित हेर्नका लागि यहा क्लिक गर्नुहाेस

https://youtu.be/Gep3jLq32OI

Sharing

प्रतिक्रिया दिनुहोस