फागुन २८, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भू(भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीदेखि भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।