• २०८३ असार ४ गते बिहिवार

ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २८,मेक्सिको ।मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् ।


यहाँका अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । उनीहरुले यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् ।
यहाँ गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन् । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट दू्रत गतिमा फैलिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस