• २०८३ जेष्ठ ५ गते मङ्गलवार

ब्राउन सुगरसहित युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, सिरहा ।  सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।सिरहा नगरपालिका ९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस