• २०८३ असार ११ गते बिहिवार

कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, जाजरकोट । समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम र डोल्पाका किसानले मकै रोप्‍न पाएका छैनन् ।

यहाँका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।काठमाडौं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्तो वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेको छैन ।

नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै रोपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताए ।

यहाँका किसानले धानको बीउ राख्‍न सुरु गरे पनि सिंचाइको अभाव रहेको छ । वर्षा हुन नसकेको र सिंचाइको सुविधा नभएकाले धानको बीउ राख्‍न पनि समस्या भइरहेको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस