• २०८३ बैशाख २६ गते शनिवार

रुकुम पूर्वमा दर्जन बढी सकेट बम फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७,रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–२ प्वाङको बुर्केसल्ला जङ्गलमा सकेट बम फेला परेको छ । प्रहरीका अनुसार कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको हो ।

जङ्गलमा रहेको ओढारमा ड्रमभित्र राखेको वस्तु सकेट बम रहेको प्रहरीले जनाएको छ । बमको सङ्ख्या यकिन नभए पनि दर्जनभन्दा धेरै नै रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

सकेट बम रहेको ठाउँमा निगरानी गरिएको र आज बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस