• २०८३ बैशाख २० गते आइतवार

निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्छ : शशांक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माध २८ काठमाडौ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन् । बिहीबार बसेको कार्य सम्पादन समिति बैठकमा धारणा राख्दै कोइरालाले आगामी स्थानीय निर्वाचनमा कांग्रेस एक्लै मैदानमा उत्रनुपर्ने भनेका हुन् । उनले हाल रहेको गठबन्धन अब निर्वाचनमा आवश्यक नभएको बताए ।

‘आउने निर्वाचनमा कांग्रेस एक्लै मैदानमा भिड्नुपर्छ, अब गठबन्धन आवश्यक छैन,’ बैठकमा धारणा राख्दै कोइरालाले भने । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस