• २०८३ बैशाख ५ गते शनिवार

मेरो बाँकी जीवन आर्थिक क्रान्तिका लागि हो : अध्यक्ष दाहाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४, काठमाडौँ  ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा २ मा सत्ता गठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिका लागि रहेको बताएका छन् ।

भच्चेकमा आज भएको कोणसभामा बोल्दै प्रचण्डले उनले कांग्रेस र माओवादीबीच सहमतिपछि देशमा शान्ति आएको बताए । उनले राजनीतिक परिवर्तनसँगै विकास निर्माण हुन सकेन भने व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको बताएका थिए ।

उनले भने, ‘संविधान रक्षाको साथै आर्थिक समृद्धिका लागि अहिले गठबन्धन गरिएको हो । मेरो बाँकी जीवन आर्थिक क्रान्तिका लागि हो ।’

५ वर्षभित्र गोरखाका कच्ची सडक कालोपत्र गरिने बताएका छन् । उनले धुलो, हिलो र खाल्डाखुल्डी भएका सडक भई आफू निर्वाचन क्षेत्रका गाउँ-गाउँ पुगेकोले अबको ५ वर्षभित्र ती सडक कालोपत्र गरिने बताए । प्रचण्डले भच्चेकलाई पर्यटकीय केन्द्र बनाउने पनि बताए ।

‘गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्नेछु,’ उनले भने। उनले संविधान नमान्ने प्रतिगमनलाई परास्त गर्न पनि आग्रह गरेका थिए। उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन पनि आग्रह गरेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस