• २०८३ बैशाख ९ गते बुधवार

मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन्।सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गर्न निर्देशन दिएका हुन्।

तेलीले चर्को ब्याज लिएर सर्वसाधरणको उठिवास लगाउने गरेको गुनासो सर्वसाधारणले गरेपछि पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस