जेठ २७, काठमाडौं । स्वीजरल्यान्डलाई १–० अन्तरले पराजित गर्दै स्पेनले यूएईएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ । शुक्रबार रातिको जितसँगै समूह ए२ मा स्पेनले पहिलो तिन अंक हासिल गरेको हो ।

भ्रमणकारी टोलीका लागि एक मात्रै निर्णायक गोल पाप्लो सरवियाले गरे । उनले १३औं मिनेटमा मार्काेस लोरेन्टेको पास सदुपयोग गरे । बाँकी समयमा दुबै टोलीले गोल गर्न नसक्दा स्पेनले १–० को जित पायो ।
प्रतियोगितामा तीन खेल खेल्दा स्पेन ५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता, पराजित स्विजरल्यान्ड तीन खलबाट बिना कुनै अंक पुछारमा छ ।
https://khabar24nepal.com/2022/06/10/126319