• २०८३ असार ४ गते बिहिवार

अवैध लागुऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, सुर्खेत। वीरेन्द्रनगर नगरपालिका-१० कुन्टीटोलबाट करिब ३ सय ६० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बराहताल गाउँपालिका-२ बस्ने २३ वर्षीय लक्ष्मण दर्लामी मगर लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट लाटिकोईली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस