• २०८३ जेष्ठ २४ गते आइतवार

सडकमा राष्ट्रिय युवा संघ, नेपाली भूमि फिर्तादेखि मन्त्रीको बर्खास्तीसम्मको दबाब

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौं । नेकपा एमालेनिकटको राष्ट्रिय युवा संघ नेपालले विविध सरोकारका विषयमा सरकारलाई खबरदारी गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयअगाडि राष्ट्रिय युवा संघले सरकारलाई ध्यानाकर्षण गराउँदै ‘वृहत् युवा महिला विरोध प्रदर्शन’ गरेको हो ।

प्रदर्शनकारीले स्थानीय तह निर्वाचनको स्वीकार्यता, मन्त्री रेणुकुमारी यादवको बर्खास्ती, मूल्यवृद्धि खारेज, नेपाली भूमि फिर्ता लगायतको माग राखेका छन् ।कोरोनाविरुद्धको २४ लाख डोज हराएको प्रकरणमा स्वास्थ्यमन्त्रीलाई कारबाही गर्न पनि उनीहरूको माग छ ।

Sharing

प्रतिक्रिया दिनुहोस