• २०८३ असार १९ गते शुक्रवार

म चुनावी गठबन्धनको पक्षमा छैन : नेता शेखर कोइराला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौंं। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका छन । नेता कोइराला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सग भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । भेटमा एमसीसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।

 

Sharing

प्रतिक्रिया दिनुहोस