• २०८३ बैशाख १६ गते बुधवार

पाकिस्तान १३ वर्षपछि टी–२० विश्वकपको फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २३, काठमाडौं । ओपनर तथा कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानको उत्कृष्ट प्रदर्शनमा पाकिस्तान आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएकाे पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हाे ।

पाकिस्तान १३ वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको छ । सन् २००७ मा भएको पहिलो टी–२० विश्वकपमा पाकिस्तानी टोली फाइनलमा पुगेको थियो तर जित्न सकेन । पछिल्लो पटक सन् २००९ मा भएको टी–२० विश्वकपको फाइनलमा पुगेर पाकिस्तानले उपाधि जितेकाे थियाे ।

सिड्नी क्रिकेट मैदानमा भएको खेलमा न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको जितमा आजम र रिजवानले १०५ रनको उत्कृष्ट साझेदारी गरे । आजमले ४७ बलमा ७ चौकाको मद्धतमा ५२ रनको योगदान गरे भने रिजवान ४३ बलमा ५ चौका प्रहार गर्दै ५७ रन बनाए ।

Sharing

प्रतिक्रिया दिनुहोस