कात्तिक २३, काठमाडौं । नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं. ७ को युवाविद्यार्थी- महिला भेला सम्पन्न भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तको प्रमुख आतिथ्यतामा काठमाडौं जिल्ला कमिटी सदस्य तथा अनेमसंघ क्षेत्र संयोजक भवानी डोटेलको अध्यक्षतामा भेला भएको हो ।

कार्यक्रमका प्रमुख अथिति पन्तले सबै मिलेर चुनाव जित्नु पर्ने बताउदै संघ र प्रदेशमा सरकार बनाई नेपाललाई समृद्ध बनाउन लाग्न एमाले कै नेतृत्वमा सरकार बन्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एमाले पाेलिटब्युराे सदस्य तथा काठमाडाैं सह इन्चार्ज विद्यासुन्दर शाक्यले निर्वाचनमा हुने रणनैतिक याेजनाका बारेमा बताउनु भयाे । प्रतिनिधिसभा उम्मेदवार श्यामकुमार घिमिरेले चुनावी प्रतिवद्धताहरु राख्नुभयो ।
अनेरास्ववियुका महासचिव समिक बडालले युवा विद्यार्थी नै परिवर्तनकाे संवाहक भएकाले युवाहरु सबै उम्मेदवार भएकाले आफु नै उम्मेदवार हुँ भन्दै नेकपा एमाले जिताउन लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा निर्वाचन परिचालन प्रमुख विदुर प्रसाद अर्यालले चुनाव जित्न सबै मिलेर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा योगगुरु डा. कञ्चन घिमिरेले सकारात्मक सोच सम्बन्धी प्रशिक्षण दिनुभयो । भेलामा युवा नेता रविना घिमिरेले जता जता बुवा उतै उतै मानुषी हुने अनि युवा सोच भन्नु नाटक मात्र भएको बताउनु भयो । स्वागत मन्तव्य राख्दै राष्ट्रिय युवा संघ नेपालका काठमाडौं जिल्लाका संयोजक सन्तोष अर्यालले मतदाता, मतदानस्थल र उम्मेदवारको सुरक्षा युवाले गर्ने बताउनु भयो । कार्यक्रम अनेरास्ववियु सचिवालय सदस्य आदित बोहोराले सञ्चालन गर्नु भएको हो ।
