• २०८३ बैशाख ११ गते शुक्रवार

डोटी भुकम्प अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २३, काठमाडौँ । डोटीमा भूकम्पले घर भत्काउँदा मृत्यु हुनेको संख्या छ पुगेको छ । पूर्वीचौकी गाउँपालिका- ३ को गैरा गाउँमा उक्त घटना भएको हो ।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ । एक दर्जनभन्दा बढी घाइते छन् । केहीको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीय प्रशान्त खड्काले नेपाल प्रेसलाई बताए ।

मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।

मंगलबार राति नै २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज खप्तड बाबाको आश्रम केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस