• २०८३ बैशाख ४ गते शुक्रवार

अमरनाथमा आँधी र वर्षापछि १५ जनाको मृत्यु, ४० बेपत्ता

एजेन्सी पढ्न लाग्ने समय : १ मिनेट

असार २५, नयाँ दिल्ली। भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् ।

वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समयअनुसार शुक्रबार साढे पाँच बजे अकस्मात आँधी र वर्षा सुरु भएको थियो ।

घाइतेहरुलाई अस्पताल पु¥याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस