• २०८३ बैशाख ८ गते मङ्गलवार

मातृशोकमा परेका नगर प्रमुखका उम्मेदवार श्रेष्ठले पठाए मतदातालाई सन्देश पत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २६, अर्घाखाँची । मातृ शोकमा परेका नेकपा एमालेका तर्फबाट सन्धिखर्क नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले मतदाता समक्ष सन्देश पत्र पठाएका छन् ।

श्रेष्ठकी आमा उमाकुमारी श्रेष्ठको आज ८६ वर्षको उमेरमा निधन भएपछि हिन्दु संस्कार अनुसार पितृ कर्ममा रहनुपर्ने भएपछि नेता श्रेष्ठले मतदाताहरुलाई सन्देशपत्र पठाएका हुन् ।

‘यही २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा म कृष्णप्रसाद श्रेष्ठ नेकपा एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाको मेयर पदको उम्मेदवार बनेको यहाँहरुलाई अवगत नै छ ।” श्रेष्ठले भनेका छन् ” मत माग्न यहाँहरुको घरदैलोमा आउने मेरो चाहना थियो तर दुर्भाग्यवश २०७९ वैशाख २६ गते मेरी आमा उमाकुमारी श्रेष्ठको ८६ वर्षको उमेरमा भएको असामयिक निधनले हजुरहरुको घरदैलोमा आउने चाहना पुरा हुन सकेन’, आमा गुमाउनु पर्दाको यो समय मेरो लागि जीवनकै सबै भन्दा पीडादायी बनेको छ ।” सन्देश पत्र लेख्दै श्रेष्ठले सहयाेगकाे लागि मतदाताहरुलाई आग्रह गरेका हुन् ।

स्वर्गीय उमाकुमारी श्रेष्ठका श्रीमान, चार छोरा र दुई छोरी छन् । मृतक श्रेष्ठकाे आज नै गच्छेघाटमा दाहसंस्कार गरिएकाे छ ।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस