माघ २६, जनकपुर। मधेस प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव निर्वाचित हुनुभएको छ ।
प्रदेशसभामा आज भएको मतदानमा नेकपा ९एकीकृत समाजवादी०का श्रीवास्तवले सात मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका जगतारनदेवी साह सुडीले तीन मत प्राप्त गर्नुभएको प्रदेशसभा सचिवलायका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।
सार्वजनिक लेखा समितिका सभापतिका लागि आज दिउँसो १ बजे प्रदेशसभामा मतदान हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सार्वजनिक लेखा समितिका सभापतिका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार राय यादव र प्रतिपक्षी गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका प्रह्लाद गिरीले उम्मेदवारी दर्ता गराउनुभएकोे छ ।
प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा भने नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।