• २०८२ असार २४ गते मङ्गलवार

काठमाण्डौ क्षेत्र नम्बर ७ मा एमालेको घरदैलो : श्याम घिमिरे र प्रकाश श्रेष्ठ मतदातामाझ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२, काठमाडौं ।  काठमाण्डौ क्षेत्र नम्बर ७ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम लाई तिव्रता दिएका छन्। सोमबार नेकपा एमालेले क्षेत्र नम्बर ७ को तारकेश्वर नगरपालिका ४ र ५ नम्वर वडाको पुरानो गुह्यश्वरी, दगुर्ने पानी, गोलढुंगा मा घरदैलो कार्यक्रमको आयोजना गरेको थियो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार श्याम कुमार घिमिरे र प्रदेश सभा (क) मा जिवन मन्नधर हुनुहुन्छ र प्रदेश सभा (ख) मा प्रकाश श्रेष्ठ हुनुहुन्छ। उहाँहरुले मतदाता माझ पुगेर मत माग्नुभएको थियो । उमेदवार घरदैलोमा आउँदा स्थानीयवासीले उत्साहजनक रुपमा स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस