• २०८३ असोज ५ गते सोमवार

घरकाे बाथरुममा लडेर नेता बालकृष्ण ढुंगेलकाे मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उहाँ मृत भेटिनुभएको छ । नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उहाँको निधन भएको हो ।

परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै हुनुहुन्थ्यो । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।

यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत हुनुहुन्थ्यो । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएपछि उहाँले जेल जीवन भोग्नु परेको थियो । उक्त अभियोगमा उहाँले दुई पटक गरी करिब ७ वर्ष जेल बस्नु परेको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बस्नुभयो । उहाँ हाल एमालेको पोलिट्ब्यूरो सदस्य हुनुहुन्थ्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस