• २०८३ जेष्ठ १६ गते शनिवार

दाङका पत्रकार गणेश आचार्यलाई थप ४ दिन थुनामा राखेर अनुसान्धान हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २४, काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपालका दाङ जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य आचार्य विरुद्ध एक महिलाले बिहीबार अभद्र ब्यबहार गरेको भन्दै प्रहरी बृत स्वयम्भुमा उजुरी दिएपछि आचार्यलाई पक्राउ गर्नु परेको बृतका प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए ।

स्रोतका अनुसार उजुरी दिने महिला सशस्त्र प्रहरीको दर्जा बिहिन रुपमा कार्यरत कार्यालय सहयोगी महिला हुन । ‘बिगत लामो समयदेखि पत्रकार आचार्यले आफुमाथि अभद्र व्यवहार गर्दै आएको भन्ने कुरा पीडितको जाहेरीमा उल्लेख छ,’ थापाले भने ‘ त्यही जाहेरीका आधारमा आचार्यलाई पक्राउ गर्नु परेको हो ।’

शुक्रबार पत्रकार आचार्यलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस