• २०८३ बैशाख १५ गते मङ्गलवार

जापानका पूर्व प्रधानमन्त्री अवेको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २४, टोकियो । जापनका पूर्व प्रधानमन्त्री सिन्जो अवेको निधन भएको छ । शुक्रबार विहान नारामा एउटा सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

गोलीलागि गम्भिर घाइते भएका उनको नारा मेडिकल युनिभर्सिटीमा उपचार भएको थियाे । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस