जेठ २५, काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिहंले एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् । यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका पोखरेलको बिदा आईजीपी सिंहले अस्वीकृत गरेका हुन् ।

पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएका थिए । सम्बन्धितले बिदा माग्नुपर्ने नियमअनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिएका छन् ।