• २०८३ बैशाख २१ गते सोमवार

गठबन्धनबाट सबैभन्दा बढी फाइदा काँग्रेसलाई छ : देउवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २५, पोखरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले सभालाई सम्बोधन गर्दै गठबन्धनले सबैभन्दा बढी फाइदा नेपाली काँग्रेसलाई पुग्ने बताएका छन् ।

गठबन्धन दलले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले संविधान जोगाउनको लागि बनेको गठबन्धनबाट सबै दललाई फाइदा भएको र काँग्रेसलाई झन् धेरै फाइदा भएको जिकिर गरे ।

देशभरको महानगरमा गठबन्धनको तर्फबाट धेरै मेयर र उपमेयर पदको उम्मेदवार काँग्रेसको भएको जिकिर गर्दै उनले गठबन्धनको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । गठबन्धनको उम्मेदवारले जित्दा काँग्रेसको र देशको जित हुने उनको दाबी थियो । देशभर अन्य विभिन्न स्थानमा हुन लागेको गठबन्धनको सभालाई सम्बोधन गर्नका लागि सबै शीर्ष नेताहरू थोरै मात्र बोलेर हिँडेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस