फागुन २४, तनहुँ । व्यास–४ स्थित मुख्यचोकमा आइतबार भएको आगलागीबाट क्षति भएको विवरण सङ्कलनका लागि व्यास नगरपालिकाले समिति गठन गरेको छ । आगलागीबाट हार्डवेयरको गोदाम र व्यक्तिको घरमा भएको क्षतिको विवरण सङ्कलनका लागि नगरपालिकाले तीन सदस्यीय समिति गठन गरेको हो ।

x]lnsK6af/ kfgL vGofpFb}
bdf}nL, @@ kmfu’g M
tgx’Fsf] Jof; gu/kflnsf–$ l:yt d’Vorf]ssf] Ps xf8{j]o/ k;ndf cfOtaf/ laxfg nfu]sf] cfuf] lgoGq0fsf nflu x]lnsK6/af6 kfgL vGofOFb} . laxfg !) ah]b]lv nfu]sf] cfuf] tLg 306f x’Fbf klg lgefpg ;lsPsf] 5}g . tl:a/ M s[i0f Gof}kfg]÷/f;;
नगरपालिकाका घरनक्शा शाखाका प्रमुख इञ्जीनियर अमृत केसीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङ र उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सचिव माधव न्यौपाने सदस्य रहेको समिति गठन गरिएको छ । गोदाम, व्यक्तिका घरलगायतमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गरी यही फागुन २६ गतेभित्र पेश गर्न समयावधि तोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।
आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्स, क्या बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दीपक श्रेष्ठको घरमा क्षति पुगेको छ । बिहान १० बजेदेखि सुरु भएको आगलागी दिउँसो २ बजे नियन्त्रणमा आएको थियो ।