• २०८३ जेष्ठ १६ गते शनिवार

प्रस्ताव आए सहकार्य हुनसक्छ : पूर्वसहमहामन्त्री जोशी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २४, तनहुँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्यका लागि आफूहरु तयार रहेको बताउनुभएको छ ।

“चित्तबुझ्दो तरिकाले प्रस्ताव आए कांग्रेससँग पनि सम्झौता हुनसक्छ”, आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “कांग्रेससँग नभए अन्य पार्टीसँग पनि सम्झौता गर्न सकिन्छ ।” कुनै दलबाट पनि सहकार्यका लागि प्रस्ताव नआए आआफ्नो तरिकाले चुनाव लड्न सकिने नेता जोशीले बताउनुभयो ।

तनहुँ क्षेत्र नं १ मा रहेका ४२ वटा वडामध्ये चालिस वडाका ९० स्थानमा पुग्दा स्थानीय जनताको उत्साह आफूप्रति मिलेको उल्लेख गर्दै उहाँले त्यसक्षेत्रका जनताले पाँच वर्ष सक्रिय राजनीतिमा आई दिन आकाङ्क्षा जाहेर गरेको बताउनुभयो । माघ मसान्तसम्म पालिकास्तरी भेला गराएर प्रशिक्षण दिने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो ।

कांग्रेसको सङ्गठन बिस्तारमा आफ्नो धेरै लगानी भएको र विसं २०१७ मा नेकां तनहुँको आफूले नै स्थापना गरेको उहाँको भनाइ थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस