• २०८३ असार २ गते मङ्गलवार

एयरपोर्टमा काठमाडौं ७ का उम्मेदवार किरण केसीको भव्य स्वागत

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २२, काठमाडौं ।  मङ्सिरमा हुन लागेको संसदीय चुनावमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका किरण केसी नेपाल आएका छन । बिगत ४ वर्ष देखि अस्ट्रेलिया बस्दै आएका थिए उनले उतैबाट उम्मेद्वारी घोषणा गरेका हुन ।

आज ठुलो समर्थकका बिच उनले एयरपोर्टमा सानो वक्तब्य दिएका थिए । केहि मतदाता , शुभचिन्तक र बालाजुबासी हरुले उनलाइ फुलमाला पहिराएर , नेपालको झण्डा ओढाएर स्वागत गरेका थिए । उनलाई समर्थकहरुले माछापोखरी चोक बाट उनको घर सम्म नारा लगाउदै पुराएका थिए ।No description available.

माछापोखरी चोकको धुवाँ धुलो देखाउदै उनले ‘अस्ट्रेलियामा आरामको जिन्दगि बाचिरहेकै थिए तर यहाँ म आइपुग्ने बित्तिकै धुलो खानु पर्यो । तर म अब काठमांडू ७ लाइ धुलो मुक्त सहर बनाउछु , धुलोयुक्त हावामा सास फेर्नु एउटा अपराध हो तर हामीलाई धुलो खाँदा खाँदा धुलो खानु केहि होइन भन्ने परिसक्यो , यो राज्यले गरेको अपराध हो ।’

No description available.

इन्जिनियर किरण केसी अस्ट्रेलियामा व्यवसाय गर्दा गर्दै नेपालको राजनीतिमा हाम फालेका छन । समग्र राजनीतिको शुद्धिकरण र काठमांडू ७ को सुन्दरता फर्काउने उनको मुख्य लक्ष्य रहेको बताए । बालाजु बसन्तनगर हिले टोलका स्थानीयवासीले किरण केसीलाइ उत्साहका साथ स्वागत गरेका थिए । उम्मेदवार किरण केसी २८ वर्षका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस